आरके श्रीवास्तव / रौतहट, कार्तिक १० गते ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले लोकआस्थाको महान पर्व छठको पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री सोनलले जारी गर्नुभएको शुभकामना सन्देशमा छठ पर्वले सामाजिक एकता, धार्मिक सहिष्णुता र आस्थाको अद्वितीय उदाहरण प्रस्तुत गर्ने बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “यो पर्वले सम्पूर्ण समाजमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गर्दछु।”

उहाँले देश–विदेशमा रहनु भएका सम्पूर्ण मधेशवासी तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा आपसी प्रेम, समृद्धि र सामाजिक सद्भाव बढाउन छठ पर्वले प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।

छठ पर्व विशेषगरी सूर्यदेवको आराधना गरी जलाशयमा अर्घ्य अर्पण गरेर मनाइने धार्मिक पर्व हो। यस पर्वको तयारी अहिले मधेश प्रदेशका विभिन्न जिल्लामा उत्साहपूर्वक भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0