काठमाडौं — रौतहटको गरुडा नगरपालिका–७, पिपरिया निवासी त्रिलोकीप्रसाद यादव किर्गिस्तानको बिस्केकमा आयोजना हुने दुई अन्तर्राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा प्रतिस्पर्धा गर्न छनोट भएका छन्।

अप्रिल ५ देखि १२ तारिखसम्म सञ्चालन हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती (एलिस) प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाउने भएको हो।

प्रतियोगितामा पुरुषतर्फ ७४ केजी तौल समूहमा सुरेश चुनारा र ९७ केजी तौल समूहमा त्रिलोकीप्रसाद यादवले नेपालको प्रतिनिधित्व गर्दै चुनौती प्रस्तुत गर्नेछन्। चुनाराले गत वर्ष भारतमा सम्पन्न एसियाली बेल्ट कुस्ती प्रतियोगितामा कांस्य पदक जितेर उल्लेखनीय सफलता हासिल गरेका थिए।

टोलीका प्रशिक्षक मुम्ताज अली इद्रिसी रहेका छन्। खेलाडीसहित तीन सदस्यीय नेपाली टोली चैत २४ गते किर्गिस्तान प्रस्थान गर्ने तयारीमा रहेको छ। उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0