

रौतहट — वृन्दावन नगरपालिकाले वडा नम्बर–४ स्थित स्थानीय स्वास्थ्य चौकीको स्तर उन्नति र सेवा प्रवाह सुधारका लागि विशेष छलफल सम्पन्न गरेको छ।
नगरप्रमुख बिनोद प्रसाद कुर्मीको सक्रिय उपस्थिति र पहलमा आयोजित यस छलफलमा वडा अध्यक्ष श्याम नन्दन यादव सहित सम्बन्धित भरभलादमीहरू सहभागी थिए।
छलफलमा स्वास्थ्य चौकीलाई थप सक्षम बनाउने, सेवा प्रवाह सुधार्ने र स्थानीय स्वास्थ्यकर्मी व्यवस्थापनका विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो।
नगरप्रमुख कुर्मीले यस पहलले स्वास्थ्य सेवा थप गुणस्तरीय र सहज हुने विश्वास व्यक्त गर्दै, स्वास्थ्यलाई स्थानीय समुन्नतिको मूल आधारको रूपमा महत्व दिने बताए।
कार्यक्रममा वडा अध्यक्ष यादव र अन्य सरोकारवालाहरू पनि उपस्थित थिए।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























