{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1,"effects":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

रौतहट – वृन्दावन नगरपालिका वडा नं. ३ स्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई पूर्ण संरचनासहित यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा नगरप्रमुख बिनोद प्रसाद कुर्मीको सक्रियतामा सरोकारवालाबीच छलफल सम्पन्न भएको छ।

छलफलपश्चात् तत्कालै प्राविधिक टोली खटाइएको छ। स्थानीय बासिन्दाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध हुने वातावरण सिर्जना भएकोमा खुसी व्यक्त गरेका छन्।

उक्त बर्थिङ सेन्टर यसअघि सञ्चालनमा रहे पनि जनशक्ति अभाव तथा आवश्यक स्रोत–साधनको कमीका कारण केही समयदेखि बन्द अवस्थामा रहेको थियो। समुदायको सक्रिय माग र पहलपछि पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको हो।

स्थानीय महिलाहरूले स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर पुनः सञ्चालनमा आउँदा सुरक्षित प्रसूति सेवा, नियमित गर्भ जाँच तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच सहज हुने विश्वास व्यक्त गर्दै यसको स्वागत गरेका छन्।

नगरप्रमुख कुर्मी तथा समाजका अगुवाहरूले सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त छलफलमा वडा नं. २ का वडाध्यक्ष सिकिन्द्र राउत कुर्मी, वडा नं. ३ का वडाध्यक्ष हरिनारायण साह, नगरपालिकाका स्वास्थ्य संयोजक रासनरायण पटेललगायत स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0