{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको लच्का नजिकै बुधबार बिहान एक यात्रुबसमा आकस्मिक आगलागी भएको छ। काठमाडौँबाट चन्द्रनिगापुरतर्फ आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको दरबार नामक बसमा यात्रा क्रममा अचानक आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार, बसको इन्जिनतर्फबाट धुवाँ निस्केपछि केही क्षणमै आगो फैलिँदै गएर सम्पूर्ण सवारी साधन जलेर नष्ट भएको हो। घटनाका बेला चालकले समयमै बस रोक्दै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएकाले कुनै पनि मानवीय क्षति भएको छैन।

प्रारम्भिक अनुसन्धानअनुसार, आगलागीको कारण विद्युत् सर्ट भएको अनुमान गरिएको छ। घटनास्थलमा स्थानीय बासिन्दा र ट्राफिक प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

यात्रुका केही सामग्री भने जलेर नष्ट भएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0