{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

आर.के. श्रीवास्तव, रौतहट, कार्तिक ३
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दीपावलीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री सोनलले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा “शुभं करोति कल्याणमारोग्यं धनसंपदा । शत्रुबुद्धिविनाशाय दीपज्योतिर्नमोस्तुते ॥” भन्ने वैदिक श्लोक उद्धृत गर्दै दीपावलीले सबैमा स्वास्थ्य, समृद्धि र शुभबुद्धिको विकास गराओस् भन्ने आशा व्यक्त गरेका छन्।

उहाँले मधेश प्रदेशसहित देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा दीपावली–२०८२ ले आपसी सद्भाव, सहअस्तित्व र एकताको भावना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशको पर्वका रूपमा मनाइने दीपावली अन्धकारमाथि उज्यालो र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा स्थापित छ। यस सन्दर्भमा मुख्यमन्त्री सोनलको सन्देशले समाजमा आपसी समझदारी र सहिष्णुताको संस्कृतिलाई बलियो बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0