२ कात्तिक, रौतहट । रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका १९ वर्षीय दलित युवक धिरज कुमार राम धारिलो हतियार(छुरा)को प्रहारबाट गम्भीर घाइते भएका छन्।पिडित परिवारका अनुसार आइतबार बिहान करिब साढे चार बजेको समयमा केही अज्ञात व्यक्तिहरूले मोर्निङ वाकमा निस्किएका राममाथि छुरा प्रहार गरेका हुन्।

घाइते धिरजले बताएअनुसार, नेपाल प्रहरीमा भर्तीका लागि आवेदन दिएका उनी दैनिक जस्तै बिहानको व्यायामका क्रममा गाउँ नजिकैको सडकमा हिँडिरहेका बेला दुई/तीन दिनदेखि मोटरसाइकलमा घुमिरहेका केहि मुख छोपेका व्यक्तिहरूले एक्कासी आक्रमण गरेका हुन्। “अचानक नजिक आएर सर्टको कालर समातेर कुटपिट गरे, मोबाइल पनि खोसेर लगे,” घाइते धिरजले भने, “प्रतिकार गर्न खोज्दा छुरा प्रहार गरे।”

घाइते धिरज दलित संघर्ष समिति, रौतहटका जिल्ला अध्यक्ष सोनेलाल रामका छोरा हुन्। उनका बुबा सोनेलालले घटनाप्रति राजनीतिक चलखेल हुन सक्ने आशंका व्यक्त गरे।

उनका अनुसार धिरजको कसैसँग व्यक्तिगत मनमुटाव पनि  न रहेको तर आफुचाही लामो समयदेखि सामाजिक न्याय र दलित समुदायको शिक्षाका लागि सक्रिय रही गाउँका करिब १५० जना दलित विद्यार्थीका लागि निःशुल्क ट्युशन सञ्चालन गर्दै आएका हु,” सोनेलालले भने, “त्यसका साथै आफु बेला–बेला ति विद्यार्थीहरुका लागी रासन, लुगा–कपडा र आवश्यक सामग्री पनि वितरण आइरहेकोछु। यस्तो कामले गर्दा केही राज्नितीकर्मीहरुले अहज महसुस गर्न थालेका छन्।”त्यसैले आफुलाई कम्जोर पार्नका निम्ति केही राजनीतिक चलखेल हुन सक्ने आशांका रहेको बताए।

घटनाको समयमा मोर्निङ वाकमा साथ रहेका धिरजका भाइ निरज रामले पनि आक्रमण गर्नेहरू दाइको ज्यान लिने उद्देश्यले आएको बताए।“दाइ कराउन थालेपछि हामी दौडँदै पुगेका थियौं, त्यतिनेर ती व्यक्तिहरू भागे,” निरजले भने, “हामीले उनीहरूको हुलिया देखेका छौं र पहिचान गर्न सक्ने अवस्था छ।”

धारिलो हतियारको प्रहारबाट घाइते धिरजको अहिले शिवनगरस्थित श्री राम रतन क्लिनिकमा उपचार भइरहेको उनका पिता सोनेलाल रामले जानकारी दिए। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0