रौतहट — जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार ७०औं प्रहरी दिवस–२०८२ विशेष कार्यक्रमका साथ मनाएको छ। कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक राजु कार्कीले स्वागत मन्तव्य राख्दै प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरेका थिए।

कार्यक्रममा जिल्ला तथा मातहत प्रहरी इकाइका वरिष्ठ र कनिष्ठ प्रहरी अधिकृत, जवान, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारजनको उपस्थिती रहेको थियो।

सो अवसरमा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी कर्तव्यपालनको क्रममा ज्यान उत्सर्ग गर्ने प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो। साथै, अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गरिएको र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो।

समापन सत्रमा प्रमुख अतिथि प्रहरी उपरीक्षक गिरीले प्रहरी सेवाको गौरवमय इतिहासलाई निरन्तरता दिन सबै प्रहरी कर्मचारीलाई प्रेरित गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0