{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

२९ असोज, जनकपुरधाम ।
मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनललाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले आजै ६ दलको समर्थनसहित ५७ जना प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

उनीसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि मुख्यमन्त्री दाबी गरेका थिए। यादवले जनमत पार्टीका १३ सांसदको समर्थन रहेको दाबी गरे पनि जनमत पार्टीले त्यसलाई तत्कालै खण्डन गरेको थियो।

प्रदेश प्रमुख कार्यालयमा दुई पक्षबीच दाबी पेस गर्दा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्रोतका अनुसार जनमत पार्टीले अन्ततः सोनल पक्षलाई समर्थन गरेपछि उनको नियुक्ति टुंगिएको हो।

यसबीच, जनमत पार्टीभित्र पनि विभाजनको संकेत देखिएको छ। निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक`ले नयाँ दल जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन्। निर्वाचन आयोगमा सनाखत गर्न पुगेका सिंहलाई रोक्न जनमतका कार्यकर्ताले प्रयास गर्दा सामान्य झडप समेत भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0