Interview with Senior General Secretary of Rastriya Janata Party-Nepal, Jitendra Sonal, in Singha Durbar, Kathmandu, on Friday, October 12, 2018. Photo: Balkrishna Thapa Chhetri/THT

जनकपुर — आश्विन २९, २०८२

मधेश प्रदेशमा सरकार गठनका लागि दलहरूबीच नयाँ राजनीतिक समीकरण बनेको छ। लोसपाका नेता जितेन्द्र प्रसाद सोनललाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि गत राति अबेरसम्म चलेको बहुदलीय बैठकले लोसपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो। उक्त बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुर स्वयम् उपस्थित थिए।

नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी सहभागी रहेका छन्। गठबन्धनमा रहेका दलहरूका सांसदहरूको संख्या ५६ पुगेको छ, जसले सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित गरेको बताइएको छ।

गठबन्धनका नेताहरूले आजै प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेश गर्ने तयारी गरेका छन्। प्रदेश प्रमुख कार्यालयले दाबी पेश गर्नका लागि आज साँझ ४ बजेसम्मको समयसीमा तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0