राजेश निर्माणी/फागुन–६

रौतहट —क्षेत्र नं. ४ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। नेपाली कम्युनिष्ट पार्टीका युवा, कर्मठ तथा इमान्दार उम्मेदवार रामकुमार भट्टराईप्रति जनताको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको देखिएको छ।

बृन्दावन नगरपालिका–८ र ९ अन्तर्गत पर्ने बहुअरी,बरगजवा,आँकडपाथर र भुषहा गाउँमा उहाँको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। टोल–टोल र घर–घरमा पुगेर घरदैलो गरेर मत माग्दा स्थानीय बासिन्दाले टीका, माला तथा दोसाला ओढाएर आत्मीय स्वागत गरेका थिए। सहभागीहरूका अनुसार जनताको उत्साह र समर्थनले क्षेत्र नै जनसागरमा परिणत भएको अनुभूति भएको छ।

निर्वाचन आयोगले तोकेको समयसीमाको पूर्ण पालना गर्दै उम्मेदवार भट्टराईले आफ्नो प्रचार–प्रसार अभियानलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाइरहनुभएको छ। उहाँको सरल स्वभाव, इमान्दारिता तथा जनतासँगको आत्मीय सम्बन्धका कारण दिनानुदिन जनसमर्थन बढ्दै गएको समर्थकहरूको दाबी छ।

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्र नं. ४ मा चुनावी सरगर्मी झनै बढ्दै गएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकुमार भट्टराई (तारा छाप) ले देशको विकास र समृद्धिका लागि सक्षम, स्पष्ट दृष्टिकोणसहित दृढ नेतृत्व आवश्यक रहेको बताउँदै तारा छापमा मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभएको छ।

“जनताले देखाएको विश्वास र माया नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उहाँले भन्नुभयो, “यस पटक क्षेत्र नं. ४ बाट परिवर्तनको सन्देश जानेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0