{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

राजेश निर्माणी / माघ २७
रौतहट — लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहँदै आएको रौतहटको वृन्दावन नगरपालिकामा श्याम किशोर प्रसाद प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका छन्। यसअघि उनी शिक्षा विकास समन्वय इकाइ, वीरगञ्ज (पर्सा) मा शाखा अधिकृतका रूपमा कार्यरत थिए।

नगरपालिकामा आयोजित कार्यक्रमबीच प्रसादले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। विगत करिब पाँच महिनादेखि (असोज महिनादेखि) प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा सामाजिक सुरक्षा भत्ता, अपाङ्गता भत्ता वितरण, योजना कार्यान्वयन लगायतका विभिन्न अत्यावश्यक कामहरू प्रभावित हुँदै आएका थिए।

पदभार ग्रहणलगत्तै जनप्रतिनिधि तथा कर्मचारीहरूले रोकिएका कामहरू शीघ्र सञ्चालन गर्न आग्रह गरेका थिए। जवाफमा प्रमुख प्रशासकीय अधिकृत प्रसादले सामाजिक सुरक्षा भत्ता, अपाङ्गता भत्ता तथा योजना सम्बन्धी कार्यहरू चाँडै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य आवश्यक रहने बताएका छन्।

पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख विनोद प्रसाद कुर्मी, वडा नं. १ का वडा अध्यक्ष रामनाथ सहनी, वडा नं. ३ का वडा अध्यक्ष हरिनारायण साह, वडा नं. ५ का वडा अध्यक्ष फेकु दास, वडा नं. ६ का वडा अध्यक्ष मजहर मन्सुर, वडा नं. ७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर, वडा नं. ८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साह, वडा नं. ९ का वडा अध्यक्ष प्रवेज आलम तथा कार्यपालिका सदस्य राजेश कुमार पासवान लगायत नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकामा सेवा प्रवाह प्रभावकारी हुने, सुशासन र पारदर्शिता सुदृढ हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0