
राजेश निर्माणी/पौष २७
रौतहट– माधवनारायण नगरपालिका–६, माधोपुरमा जाडो मौसमको प्रभावबाट पीडित दलित, गरिब, विपन्न, भूमिहीन तथा सुकुम्बासी समुदायलाई लक्षित गरी ब्ल्यांकेट वितरण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा कुल १७० जना नागरिक लाभान्वित भएका छन्। स्थानीय स्तरका ९० जना दलित तथा विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको थियो भने प्रमुख सहयोगी नम्रता शर्माको सहयोगमा थप ८० थान ब्ल्यांकेट उपलब्ध गराइएकाले जम्मा १७० जनाले न्यानो सहयोग प्राप्त गरेका हुन्।
आयोजकका अनुसार काठमाडौंबाट ल्याइएका ब्ल्यांकेटहरू वितरण गरी कार्यक्रम सम्पन्न गरिएको हो। उक्त कार्यक्रम लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ “के” अन्तर्गत आयोजना गरिएको थियो।
कार्यक्रममा डिष्ट्रिक्ट चिफ एडभाइजर लायन हसन कुमार गोपाली, डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर महाप्रसाद पाण्डे तथा कार्यक्रमकी आयोजक, आवद्ध क्लबकी संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट सिनियर एडभाइजर लायन सुनिता मर्हट्टा शर्माको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा डिष्ट्रिक्ट चेयरपर्सन अनिता थापा, प्रथम उपाध्यक्ष कृष्णामुलेपति बजिमयो, सेक्रेटरी सबिता श्रेष्ठ, कोषाध्यक्ष रोशनी मुल्मी तथा लायन्स क्लब अफ आयुधकी संस्थापक अध्यक्ष गीता बस्नेतलगायत पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन लायन्स क्लब अफ काठमाडौँ गंगाबु, काठमाडौँ मनमैजु, मेट्रो सिटी, नयाँ बजार, जागृति, हाम्रो संगम, कोशेली, काठमाडौँ रोजमेरी, काठमाडौँ आबद्ध तथा लायन्स क्लब अफ आयुधको सक्रिय सहकार्य रहेको थियो।
विशेषगरी ८० थान ब्ल्यांकेट सहयोग उपलब्ध गराएकी नम्रता शर्मा कार्यक्रमकी प्रमुख सहयोगी रहनु भएको थियो। साथै सझदारी समुदाय दलित विकास केन्द्र नेपालका अध्यक्ष सुबा साहेब कुमार हजारीले कार्यक्रम समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले विपन्न समुदायका लागि यस्ता सहयोग कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउँदै सामाजिक संस्थाहरूको योगदानले स्थानीय सरकारका प्रयासलाई थप सुदृढ बनाएको उल्लेख गर्नु भयो।
विशिष्ट अतिथि तथा अन्य अतिथिहरूमा वडा नं. ६ का वडा अध्यक्ष रामनरेस राय यादव, नेकपा क्षेत्र नं. १ का अध्यक्ष जयमंगल यादव, नेकपा एमाले नगर अध्यक्ष उपेन्द्र साह, वडा अध्यक्ष प्रत्याशी किशोरी महतो, दलित अगुवा नेता रामसेवक पासवान, माधोपुर युवा कमिटी अध्यक्ष मुकेश यादव, दिनेश चौधरी, सन्तोष राम, वडा सदस्य फेकु महतो तथा दलित अभियन्ता धर्मदेव पासवानलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले जाडोयाममा गरिब तथा विपन्न नागरिकलाई न्यानो कपडा उपलब्ध गराउनु मानवतापूर्ण कार्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
स्थानीय समुदाय, सामाजिक संस्था तथा विभिन्न लायन्स क्लबहरूको संयुक्त सहकार्यमा सम्पन्न उक्त ब्ल्यांकेट वितरण कार्यक्रमले माधवनारायण नगरपालिका–६, माधोपुर क्षेत्रमा सामाजिक सद्भाव, आपसी सहयोग र मानवीय सेवाको सशक्त सन्देश प्रवाह गरेको छ।
























