७ मंसिर, जनकपुरधाम ।
बज्जिका भाषामा महत्वपूर्ण योगदान दिँदै आएका साहित्यकार विजय यादव ‘निर्विज’लाई यस वर्षको कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान–२०८२ प्रदान गरिएको छ।

बज्जिका साहित्यको संरक्षण र सिर्जनशील विस्तारमा उनले पु-याउँदै आएको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै बज्जिका साहित्य समाज सर्लाहीले शनिबार मलंगवामा आयोजित विशेष समारोहमार्फत सम्मान गरेको हो।

समारोहमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह र समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहा र जसपाका नेता रामप्रित पासवानले संयुक्त रूपमा सम्मानपत्र, दोसल्लासहित सम्मान प्रदान गरे।

‘निर्विज’को चर्चित कृति ‘प्रतिमा’, बज्जिका भाषाको पहिलो उपन्यास मानिने यो कृति, २०७९ सालको मधानी महोत्सवमा नेपालका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक गरेका थिए।

कार्यक्रममा नेपाल–भारतका साहित्य, कला र संगीत क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। सोही अवसरमा रौतहटका साहित्यकार सञ्जय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको समाजका सचिव मुकेश मिश्रले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0