{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

राजेश निर्माणी/मंसिर–६ गते
रौतहट – दलित सामुदायिक विकास केन्द्र रौतहटले दलित लिभ्स मेटर ग्लोबल एलायन्सको सहकार्यमा देवाही गोनाही नगरपालिका–६ मा शनिबार ‘युवा तथा दलित नीतिसम्बन्धी छलफल कार्यक्रम’ सम्पन्न गरेको छ। श्री सर्वशक्ति निमाविको सभाहलमा आयोजित कार्यक्रममा दलित समुदायका युवा–युवती, महिलाहरू तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा दलित समुदायको सामाजिक न्याय, समावेशी पहुँच र युवामैत्री नियमावली निर्माणको आवश्यकता विषयमा व्यापक बहस भयो। सहभागीहरूले स्थानीय तहमा प्रभावकारी नियमावली निर्माण, नीति कार्यान्वयनमा निगरानी संरचना विकास र अधिकार संरक्षणका लागि दवावमूलक भूमिका बढाउनुपर्ने सुझाव दिए।

मधेस प्रदेश सरकारले अन्य जिल्लाका पालिकामा लागू गरिसकेको स्थानीय भेदभाव अनुगमन समिति रौतहटका सबै पालिकामा पनि तत्काल गठन गर्नुपर्ने माग राख्दै, युवाहरूले स्थानीय सरकारलाई सामाजिक न्याय र समान पहुँच सुनिश्चित गर्न अग्रपंक्तिमा उभिन आग्रह गरे। आयोजकले कार्यक्रमको उद्देश्य—दलित र युवा समुदायलाई नीतिनिर्माण तहमा सशक्त रूपमा सहभागी बनाउने—स्पष्ट रूपमा प्रस्तुत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै दलित सामुदायिक विकास केन्द्रका अध्यक्ष उदय नारायण रामले भने, “दलित समुदायका समस्या नीति र कार्यान्वयन दुबै क्षेत्रमा गहिरो रूपमा जोडिएका छन्। युवाको सक्रियता र स्थानीय सरकारको प्रतिबद्धता बिना रूपान्तरण सम्भव हुँदैन।” उनले प्रत्येक पालिकाले अनुगमन समिति गठन गरी समुदायका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0