
रौतहट, कात्तिक ८ गते।
रौतहटको कटहरिया बजारमा पहिलो पटक एकै स्थानमा सबै प्रकारका दैनिक उपभोगका सामग्री उपलब्ध हुने ‘शक्ति मार्ट’ सञ्चालनमा आएको छ।
महापर्व छठको अवसर पारेर शनिबारदेखि सञ्चालनमा आएको उक्त सुपरमार्केटको शुक्रबार साँझ अग्रज व्यवसायी अवधलाल साहले विधिवत् रूपमा उद्घाटन गरेका थिए।
*निराला जेनेरल स्टोरद्वारा सञ्चालित ‘शक्ति मार्ट’*ले स्थानीय बासिन्दालाई एकै छानामुनि गुणस्तरीय सामग्री सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको छ।
उद्घाटन समारोहमा दुई जना भाग्यशाली ग्राहकलाई चाँदीका सिक्का पुरस्कारस्वरूप प्रदान गरिएको सञ्चालक महाशक्ति साहले जानकारी दिए।
पहिलो पुरस्कारका रूपमा नन्दलाल बैठालाई ५ ग्राम तौलको चाँदीको सिक्का र दोस्रो पुरस्कारका रूपमा भगत प्रसाद जयसवाललाई दुईवटा चाँदीका सिक्का प्रदान गरिएको थियो।
सञ्चालक साहका अनुसार, “गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टि नै हाम्रो पहिचान हो।”
स्थानीय व्यापारी र ग्राहकहरूका अनुसार, शक्ति मार्टको सुरुवातसँगै अब कटहरिया बजारका उपभोक्ताले दैनिक आवश्यक सामग्रीका लागि टाढा जानु नपर्ने भएको छ।























