{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

२१ असोज/रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ।

स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारीको शव मंगलबार सुरक्षाकर्मीले फेला पारेका हुन्।

सोमबार दिउँसो खेतमा पानी बग्ने स्थानमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका थिए। निरन्तर खोजीपछि आरतीको शव बिहानै भेटिएको थियो भने अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

त्यसैगरी, राजपुर नगरपालिका–८ बलुवा गोठ टोलका गोनउर मियाको १० वर्षीय छोरा अरबाज मियाको पनि सोमबार दिउँसो लालबकैया नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले जानकारी दिए।

हालसम्म रौतहटमा बाढीका कारण पानीमा डुबेर मृत्यु हुनेको संख्या ४ पुगेको छ भने थप २ जना युवकले चट्याङ लागी ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0