रौतहट, २०८२ असोज १४ — बडादशैं तथा नवरात्र पर्वको आठौँ दिन वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले नगरवासीहरूसँगै नवदुर्गामध्येकी आठौँ देवी महागौरी को विधिपूर्वक पूजाआराधना गर्नुभएको छ।

                                                                      नगर प्रमुख कुर्मी संध्याकालीन आरतीमा पनि सहभागी हुनुभयो। कार्यक्रममा नगरवासी, धार्मिक अगुवा, महिला समूह र युवाहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

पूजापछि पत्रकारहरुसंग कुरा गर्दै प्रमुख कुर्मीले दशैं–तिहार तथा नवरात्र पर्वले समाजमा धार्मिक आस्था मात्र नभई आपसी सद्भाव, मेलमिलाप र एकताको भावना जगाउने बताउनुभयो। उहाँले नगरको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

                                                                  स्थानीय बासिन्दाहरूले पनि नगर प्रमुखले गरेको सहभागिताले धार्मिक परम्परा प्रति जनप्रतिनिधिहरूको आस्था र सरोकार झल्काएको बताएका छन्।

                                                                    यसअघि नगर क्षेत्रमा विभिन्न मन्दिरहरूमा भक्तजनहरूले दिनभरि व्रत बसी देवीको पूजा आराधना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0