
रौतहट, १० असोज । दशैंको मुखमा पनि तलब नपाएको भन्दै चन्द्रपुर नगरपालिकाका शिक्षकहरू आन्दोलित हुने भएको छ ।
शिक्षकहरूले शुक्रबार नगरप्रमुख सञ्जय कुमार काफ्लेलाई ज्ञापन पत्र बुझाउँदै तत्काल बक्यौता तलब उपलब्ध गराउन माग गरेका छन् । शिक्षकहरूले समयमै पारिश्रमिक नपाउँदा दशैं–तिहार जस्ता ठूला चाडपर्वमा परिवार धान्न कठिनाइ भएको गुनासो गरेका छन् ।
शिक्षकहरूले नगरपालिकाले आवश्यक प्राथमिकता नदिएको र बारम्बार तलब वितरणमा ढिलाइ गरिरहेको आरोप लगाएका छन् । ज्ञापनपत्र बुझ्दै शिक्षक प्रतिनिधिहरूले नगर प्रमुखलाई आफ्ना माग तत्काल सम्बोधन नगरे आवश्यक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
नगरप्रमुख काफ्लेले शिक्षकहरूको मागप्रति ध्यानाकर्षण भएको बताउँदै यथाशीघ्र समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























