राजेश निर्माणी/राैतहट/असाेज ०९ गते । 

मधेस रेडियो श्राेता संघ फतुवा बिजयपुर–१०, दुधिअवाकाे आयाेजनामा कटहरियामा श्राेता मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ । नेपालीहरूकाे महान पर्व बडा दशैं आउँदै गरेको तिहार र छठ पर्वकाे शुभअवसरमा कटहरियाकाे प्रांगणमा बिहीबार याे कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमकाे अध्यक्षता रामबाबु साहले गर्नुभयाे भने प्रमुख अतिथिका रूपमा आम जनता पार्टी (आजपा)का नेता तथा फतुवा बिजयपुर नगरपालिकाका मेयर पदका प्रत्यासी बिजय यादव निर्विज सहभागी हुनुहुँदै कार्यक्रमलाई सम्बाेधन गर्नुभयाे ।

प्रमुख अतिथि यादवले बदलिँदो समयसँगै रेडियोका माध्यमहरूमा रूपान्तरण आए पनि रेडियोकाे महत्त्व अझै कम नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयाे, “रेडियोका सचेत श्राेताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। जेनजी आन्दोलनका बेला एकचोटि पुनः रेडियोकाे समझना गराएकाे थियो । रेडियोकाे छुट्टै महत्त्व छ ।”कार्यक्रममा विश्वास एफएमका सज्जाद अन्सारीले रेडियोका श्राेताहरू दिनप्रतिदिन बढ्दै गएकाे जानकारी दिनुभयो ।

बज्जिकाञ्चल एफएमका सञ्चालक राजु कुमार श्रीवास्तवले संघले रेडियोकाे अस्तित्व जोगाउन खेलेकाे भूमिकाकाे प्रशंसा गर्नुभयो ।साे अवसरमा विभिन्न सञ्चार माध्यमका सञ्चालक, सम्पादक, पत्रकार तथा संघका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको याे कार्यक्रममा सागर ठाकुरले सन्चालन गर्नुभएको थियो ।

समारोहमा सहभागी वक्ताहरूले रेडियोकाे सामाजिक र सांस्कृतिक भूमिकाकाे चर्चा गर्दै यस्ता कार्यक्रमहरू माध्यमका लागि ऊर्जा र प्रेरणाकाे श्रोत हुने विचार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0