राजेश निर्माणी

राैतहट असार १९ गते। राैतहटकाे देवाही गोनाही नगरपालिका र मानव कल्याण केन्द्र, देवाही गोनाही–८ को संयुक्त आयोजनामा दलित सशक्तीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सरु भएको छ ।

कार्यक्रम देवाही गोनाही स्थित मधेस संग्रहालयमा बुधबारदेखि सुरू गरिएको हो। कार्यक्रमको उद्घाटन देवाही गोनाही–९ का वडा अध्यक्ष बिरबहादुर साहले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक उषा साहि र रामबिर यादवले सहभागीहरूलाई दलित सशक्तीकरण, अधिकारबारे सचेतना र सामाजिक समावेशीताका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा दर्जनौँ महिला सहभागिहरूको उत्साहजनक उपस्थिति रहेको आयोजक संस्था मानव कल्याण केन्द्रका प्रतिनिधि कामेश्वर बैठाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै सुरेन्द्र पासवानले दलित समुदायको सशक्तीकरणका लागि निरन्तर प्रयास आवश्यक रहेको धारणा राख्नुभएको थियो । सो अवसरमा मो. मनिरूदिन फहमी, राकेश साह तेली, रामनारायण पण्डित,पत्रकार लगायत विभिन्न सामाजिक अभियन्ताहरूको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रमबाट दलित समुदायको सशक्तीकरण र समान अधिकारको सुनिश्चितताका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0